वासु रोटरी भोकेसनल सुशासन अवार्ड सिवाकोटी र रिजाललाई

काठमाडौँ । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपालले वासु रोटरी भोकेसनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पत्रकारद्वय अजयबाबु सिवाकोटी र प्रह्लाद रिजाललाई पुरस्कृत गर्ने भएको छ।

सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशिको अवार्ड यस वर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरूलाई दिने निर्णय भएअनुसार सिवाकोटी र रिजाललाई प्रदान गरिने भएको रोटरीले जनाएको हो।

Advertisement

पत्रकारिताको माध्यमबाट खोजमूलक समाचार प्रसारण गरी सुशासन कायम राख्न भूमिका निर्वाह गर्ने पत्रकारहरूलाई प्रोत्साहन गर्दै यस वर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिए।

अवार्ड इन्जिनियर रोटेरियन सुरेन्द्रगोविन्द जोशीले आफ्नो र आफ्नी श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन्। इ. जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन्।

प्रदेशबाट एक–एक जना गरी सातजना उत्कृष्ट पत्रकारहरूलाई पुरस्कृत गर्ने

रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक–एक जना गरी सातजना उत्कृष्ट पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ।

यसरी पुरस्कृत हुनेहरूमा विनु तिमल्सिना (मोरङ), श्याम बञ्जारा (पर्सा), कमला हमाल (काठमाडौं), दीपेन्द्र श्रेष्ठ (कास्की), लक्ष्मी आचार्य (दाङ), भीमबहादुर सिंह (जाजरकोट) र उन्नति चौधरी (कैलाली) छन्।

त्यसैगरी विभिन्न पाँच विधामा निरन्तर कलम चलाउने पाँचजना पत्रकारलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरिएको छ।

यस अवार्डबाट पुरस्कृत हुनेहरूमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल रहेका छन्।

उक्त पुरस्कारको राशि जनही २५ हजार रहेको छ।

More News last news
Loading...