काँग्रेस महामन्त्री डा. कोइराला कोरोना सङ्क्रमण मुक्त

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो।

Advertisement

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए।

उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन्।

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए।

स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।

More News last news
Loading...