संसदबाट पारित कृषि विधेयकको विरोधमा भारतभर आज चक्काजाम

काठमाडौँ । संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ।

किसान संगठनले देशभर चक्काजामको आह्वान गरेको हो।

Advertisement

सरकारले विधेयक किसानको हितैषी भएको भन्दै यसबाट किसानको आय बढ्ने र उनीहरुको उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ।

तर किसान संगठनले भने विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने कोशिस भएको आरोप लगाएका छन्।

विधेयकको विरोधमा पंजाब र हरियाणामा सबैभन्दा धेरै प्रदर्शन भएका छन्।

पन्जाबमा बिहीबार रेल रोक अभियान पनि चलेको थियो । किसान संगठनले आज देशभरि नै विधेयकको विरोधमा प्रदर्शन गर्ने बताएका छन्।

More News last news
Loading...