काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
