काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट आएको छ ।
सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए ।
मन्त्री पुनले बुधबार स्वाब दिएका थिए। तर, बिहीबार बिहान उनको रिपोर्ट नेगेटिभ आएको हो ।
रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएको उनको निजी सचिवालयले जनाएको छ । उनको सुरक्षागार्डको पनि बिहीबार रिपोर्ट नेगेटिभ आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
