बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना संक्रमितको एकैदिन आज मृत्यु भएको छ।
मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पताले जनाएको छ।
यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई संक्रमण पुष्टि भएपछि असोज १ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
