पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता

काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्। रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो।

‘पहिरो जाँदा होमबहादुर गाहाको घरका पाँच जना सदस्य पुरिएको खबर जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए।

Advertisement

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

More News last news
Loading...