४५ प्रतिशत विद्यार्थी छुट ७ दिन भित्र लागूगर्न मागगर्दै १३ विद्यार्थी संघद्वारा अल्टिमेटम

काठमाडौँ । विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट तुरुन्त लागु गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले सम्बन्धित मन्त्रीलाई ७ दिन अल्टिमेटम दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमको बहानामा लाखौँ विद्यार्थीको बलिदानीबाट पाउँदै आएको ४५ प्रतिशत छुट खोसेको भन्दै १३ विद्यार्थी संगठनहरुले आज (बुधबार) ७ दिन भित्र विद्यार्थी छुट लागु गराउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका हुन्।

Advertisement

सरकारले कोरोना भाइरस संक्रमणका कारण सृजित विषम परिस्थितिको मौका छोपेर विद्यार्थी आन्दोलनको ठुलो उपलब्धि (४५ प्रतिशत विद्यार्थी छुट) खोसेको र एकैपटक ५० प्रतिशत भाडा बढाएको भन्दै नेविसंघ लगायत १३ विद्यार्थी संगठनले संयुक्त अल्टिमेटमसहित मन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेविसंघका महामन्त्री दीपक भट्टराइले नयाँ पुस्तालाई बताए । उनले यो यी हाम्रा माग तुरुन्त नसचिए देशभर संयुक्त विद्यार्थी आन्दोलन गरिने पनि चेतावनी दिएका छन् ।

महामन्त्री भट्टराईले भने, “सरकार दिन प्रतिदिन नागरिकप्रति गैर जिम्मेवार बन्दै गइरहेको छ। हवाइजहाजबाट यात्रा गर्दा कोरोना नसर्ने, सडक सवारीमा यात्रा गर्दा कोरोना सर्छ भन्नु नै सरकारको पहिलो अवैज्ञानिक निर्णय छ । यसले सरकारले कुन वर्गलाई प्रथामिकतामा राखेको छ भन्ने प्रष्ट भएको छ।”

‘यो सँगै विद्यार्थीहरुले लामो समयको आन्दोलन पश्चात प्राप्त गरेको विद्यार्थी छुट गुमेको छ । यो तुरुन्त नसच्याए हामी कडा आन्दोलन गर्न बाध्य हुन्छौँ । हामीलाई सरकारले बाध्य नपारोस्,’ उनले थपे ।

१३ विद्यार्थी संगठनले ७ दिने अल्टिमेटम दिँदै सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत कडाईका साथ लागु गर, ५० प्रतिशत भाडा वृद्धि तत्काल खारेज गर, जथाभावी चर्को भाडा असुल्ने सार्वजनिक यातायातलाई तुरुन्त कार्वाही गर लगायतका माग राखेका छन्।

यस्तो छ १३ विद्यार्थी संगठनहरुको संयुक्त मागपत्र

More News last news
Loading...