काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मृत्यु हुनेहरुमा एक महिला र ६ पुरुष छन्।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ। आज मृत्यु हुनेहरुका काठमाडौँ उपत्यकाका मात्रै ३ जना छन्।
अहिलेसम्म संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन्।
मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । काठमाडौँ उपत्यकासहित देशभर थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ९४ जना पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
