काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले राज्यले डा. गोविन्द केसीमाथि दादागिरी देखाएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले, १९ औँ सत्याग्रह जुम्लामा सुरु गरेका डा. केसीलाई सरकारले जवरजस्ती उठाएर काठमाडौँ ल्याएको र विमानस्थलबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको घटना खेदजन रहेको बताएका हुन् ।
नेता पौडेलले भनेका छन्, “डा केसी माथि राज्यले गरेको दादागिरी खेदजनक छ। न्यायका निम्ति लड्ने निमुखासङ्ग आफ्नो बाहदुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने सरकारको घिनलाग्दो प्रवृतिले लोकतन्त्रलाई कोमामा पुर्याउने निश्चय छ।”
‘अन्यायको विरुद्ध लड़ाई छेडेका एउटा सन्तसङ्ग बाहुबलको राज्य कति कापेको ?’ भन्दै नेता पौडेलले सरकारलाई प्रतिप्रश्न पनि गरेका छन् ।
मंगलबार त्रिभुवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएपछि केही बेरपछि डा. केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज भएर शिक्षण अस्पताल गएका छन् ।
उनको आज १९ औँ सत्याग्रहको १०औँ दिन हो ।
डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए ।
डा. केसीले १६ औं सत्याग्रहपनि जुम्लामा गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
