नारायणगढ–मुग्लिन–नौबिसे सडक एकतर्फी

मुग्लिन । अविरल वर्षापछि पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा छ।

सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा बुधबार (आज) बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

Advertisement

उनका अनुसार, सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको छ। यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ।

यस सडकखण्ड अन्तरर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ।

More News last news
Loading...