डा. गोविन्द केसीले लिए स्वेच्छिक डिस्चार्ज

काठमाडौँ । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन्।

अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन्। दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन्।

Advertisement

९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए। उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।

केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो।

केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा. केसी एक्ला छैनौँ, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए।

More News last news
Loading...