काठमाडौँ । लकडाउनयता वैदेशिक रोजगारीमा ज्यान गुमाएका ३ सय ५१ जना नेपालीको शव स्वदेश ल्याइएको छ।
विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने सरकारको निर्णयपछि ती शवहरु परिवारले पाएका हुन्।
ओमानमा २, कतारबाट ६५, कुवेतबाट ११, दक्षिण कोरियाबाट २, मलेसियाबाट एक सय १२, मालदिभ्सबाट २, यूएईबाट ३५, साउदी अरबबाट एक सय ७, बहराइनबाट ११, चीनबाट एउटा र टर्कीबाट एउटा शव ल्याइएको छ।
पछिल्लो तथ्यांकअनुसार लकडाउनयता विभिन्न ३१ देशबाट ७१ हजार सात सय ३५ जना नेपाल आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
