काठमाडौँ । पछिल्लो समय अधिकांस मानिसहरूमा इयरफोन लगाउने चलन बढ्दै आएको छ। गीत सुन्दा, फिल्म हेर्दा वा डिस्टर्ब नहोस् भनेर घन्टौसम्म कानमा इयरफोन लगाएर ठूलो स्वरमा गीत संगीत सुन्ने गर्दा कानमा समस्या संगै मस्तिष्क,मुटुमा समस्या निम्त्याउने गर्दछ।
इयरफोनबाट निस्किने चुम्बकीय तरंगहरू कानबाट दिमागमा जाने हुँदा व्यक्तिको दिमागमा नकारात्मक असर पर्छ । यसले टाउको दुख्ने, निन्द्रा नलाग्ने, कान कम सुन्ने, एकोहोरो हुने जस्ता समस्याहरू निम्त्याउँछ।
यसका साथै यसको प्रयोगले हृदय तथा मानसिक स्तिथिमा समेत असर पुर्याउने गरेको साबित भएको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनका अनुसार इयरफोनबाट निस्किने ध्वनीको ७० प्रतिशत हामीले सुन्ने गर्छौं र त्यसले ९० डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गरिरहेको हुन्छ ।
यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्न सक्ने हुँदा कान सुन्ने क्षमतामा कमी हुन सक्छ । दुई घण्टाभन्दा धेरै समय ९० डेसिबल भन्दाको चर्को ध्वनि भएको संगीतलाई इयरफोनमा सुन्दा बहिरोसमेत हुन सक्ने उल्लेख गरिएको छ ।
इयरफोनले कानको नलीभित्र गहिरो खाल्डो बनाएर बहिरोपनाको जोखिम बढाउने गर्छ । ठूलो आवाजमा इयरफोन लगाएर धेरै समय बस्नु कानको लागि मात्र नभएर हृदयलाई समेत असर पारिरहेको हुन्छ ।
ठूलो आवाज सुन्दा हाम्रो मुटुको धड्कन छिटो गतिमा बढ्ने कारणले मुटुमा समस्या उत्पन्न हुन सक्छ । साथै, एउटै इयरफोनलाई धेरै जनाले प्रयोग गर्नु हुँदैन ।
यसरी इयरफोने सेयर गर्दा विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमणको खतरा रहन्छ । जसले गर्दा कान तथा छालासम्बन्धी समस्याहेरू उत्पन्न हुन गइ कान चिलाउने, घाउ हुने, पाक्ने हुन सक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
