काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट कूल मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ४ सय ११ पुगेको हो।
जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै छ जनाको मृत्यु पुष्टि भएको छ। नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित फेला परेका छन्।
काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
