मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने महिला पेरिसडाँडाबाट पक्राउ

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्दै आएकी एक महिला बालिका खड्कालाई प्रहरीले पेरिसडाँडाबाट पक्राउ गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौँमा राखिएको स्रोतले दाबी गरेको छ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन्।

More News last news
Loading...