भारतमा बसेर जासुसी गरेको आरोपमा एक नेपालीसहित तीनजना पक्राउ

काठमाडौँ । भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई पक्राउ गरेको छ।

भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोपमा भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई पक्राउ गरेको दिल्ली स्पेसल सेलले जनाएको छ।

Advertisement

उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेको र त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले जानकारी दिए।

चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६-२०१८ बीचमा दस्तावेज दिएको डीसीपी यादवको दावी छ। दिल्ली पुलिसले यस बिषयमा थप अनुसन्धान गरेर नाम सार्वजनिक गर्ने बताएको छ।

More News last news
Loading...