काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँ । उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन्।
यस्तै, बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको
पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए। गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको ज्यान गएको छ ।
यस्तो छ जिल्लागत कोरोना विवरण

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
