डा. गोविन्द केसीको माग सुनुवाइ गर्न नेपाली काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज समेत सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जुम्लामा अनशन बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको बताए।

Advertisement

०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहो–याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि काँग्रेस सरकार समक्ष माग गरेको छ ।

अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई काँग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै सार्वजनिक रुपले आग्रह गरेको छ।

More News last news
Loading...