भोजपुर । भोजपुको हतुवागढी गाउँपालिकाको उपप्रमुखको मृत्यु भएको छ।
४२ वर्षीया चन्द्रमा राईको उपचारको क्रममा गएराति मृत्यु भएको हो।
एक सातादेखि ज्वरो, खोकी र पखालाले ग्रस्त भएका उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो।
केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको भए पनि उनको ब्लड प्रेसरमा समस्य देखिएपछि असोज १ गते बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको हतुवागढी गाउँपालिकका प्रमुख प्रेमकुमार राईले बताए।
उपमप्रखु राईको धरानमा उपचार हुन नसक्ने बताएपछि न्यूरो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
