काठमाडौँ । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।
यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
