काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिनु झनै आवश्यक रहेको जनाउँदै आफ्नो परिवारका सदस्यको ज्यान जानुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको बताएका हुन्।
परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकट रहेकाको परीक्षण गरेर अरुलाई बचाउन सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने विज्ञप्तिमा जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
