नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए ।

मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् । त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

Advertisement

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३८३ पुगेको छ ।

More News last news
Loading...