काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिको माग स्वभाविक भएको बताएका छन्।
विहीबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले भनेका छन् “हामीले कुलमानको कामलाई सम्मान गर्छौ उदारणीय कार्य गर्ने जो कोहीलाई जनताले पुनः नियुक्ति माग गर्नु स्वभाविक छ। यति काम गर्दा पनि सरकार उनलाई प्रतिस्पर्धाको परीक्षा लिन आग्रह गर्दैछ। सरकार ! वामदेव कुन नतिजा लिएर विराजमान भए ? उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?”
यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी कुलमान मंगलबार बिदाइ भएका हुन्। उनलाई पुनःनियुक्तिका लागि चौतर्फी दबाब बढेको छ। कुलमान समर्थक युवाहरुले दिनहुँ सडक प्रदर्शन गरिरहेका छन्।
हाल प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
