काँग्रेस नेता भण्डारीद्धारा खुल्लामञ्चमा निःशुल्क खाना खुवाउन १ लाख ५ हजार सहयोग

काडमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा संविधान सभा सदस्यएवं पूर्व सांसद डा. चन्द्र भण्डारीले काठमाडौको खुल्लामञ्चमा निःशुल्क खाना खुवाउन सहयोग रकम हस्तान्तरण गरेका छन्।

कोरोनामहामारीका कारण आम्दानी गुमाएका र भोकभोकै बस्नु पर्ने अवस्थामा रहेकाहरुलाई खाना खुवाउदै आएको हाम्रो टिम नेपाललाई डा. भण्डारीले १ लाख ५ हजार रुपैया नगद हस्तान्तरण गरे।

Advertisement

निःशुल्क कपडा बैंक सञ्चालन गरी हुनेले दिने र नहुनेले लिने अभियान शुरु गरेको हाम्रो टिम नेपालमा आबद्ध युवाहरुले धेरै रचनात्मक र स्वयमसेवी सामाजिक कामहरु गरेकाले प्रभावित भएर सहयोग रकम प्रदान गरेको डा. भण्डारीले बताए।

उनले आफ्ना साथीहरु सत्यनारायण केवल र प्रमोद चौधरीबाट ७० हजार रुपैयाँ र राजकुमार बस्नेतबाट ३५ हजार रुपैयाँ सहयोग संकलन गरेर हाम्रो टिम नेपाललाई दिएको पनि जानकारी दिए । उनले केही थान मास्क पनि दिएका थिए।

नेता भण्डारीबाट रकम प्राप्त गरेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले राजनीतिक क्षेत्रबाट आफुहरुलाई पहिलो पटक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरे।

More News last news
Loading...