काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । यो सँगै नेपालमा अहिलेसम्मको कूल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म नेपालमा निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
