नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज काठमाडौँ उपत्यकामा एक महिलासहित चार जनाको मृत्यु पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ। मृत्यु हुनेहरुमा दुई सय ६७ पुरुष र एक सय ४ महिला छन् ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौँमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन्।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्। पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै कोरोना संक्रमित पनि बढ्दै गएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।

More News last news
Loading...