काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। यो सँगै हालसम्म कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७८८ पुगेको छ।
२४ घण्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको छ।
२४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
