गण्डकी प्रदेशमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ।

नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए।

Advertisement

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन्। योसहित गण्डकीमा अहिलेसम्म दुई हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ।

More News last news
Loading...