नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज थपिएका १५ जनासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ सय ६५ पुगेको छ। आज थपिएकासँगै कुल मृत्यु हुनेहरुको संख्या दुई सय ६० पुरुष र एक सय महिला पुगेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी कूल ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँसहित देशभर भने ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको जानकारी दिए।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ।

More News last news
Loading...