विपीका रचना पढेका काँग्रेस बनेका नेता सिकन्दरको निधन

पोखरा । नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’को निधन भएको छ।

२०१९ सालमा जन्मेका गुरुङ २०३९ सालमा विपीको कोइरालाको शवयात्राको व्यवस्थापनमा खटिएका थिए। काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि उनको निकट चिनजान थियो।

Advertisement

पछिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवारसमेत रहेका गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो। उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए।

उनलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या थियो।

पोखरामा उनीसम्बन्धी अनेकौँ किस्सा सुनिन्छन्– उनी आँटिला थिए, विद्रोही थिए। कुनै समय उनी बस कन्डक्टर थिए र तलब पाउनासाथ नयाँ कपडा फेर्थे। तत्कालीन नेता तीर्थ श्रेष्ठको संगतबाट विपीका रचना पढेका उनी पछि काँग्रेस बनेका थिए।

‘गुरुङको आज (सोमबार) बौद्ध अर्घौँ सदनमा दाहसंस्कार गर्ने कार्यक्रम छ। उनका एक श्रीमती र २ छोरा छन्।

More News last news
Loading...