काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमण मुक्त भएपछि उनी आइतबार भोटेबहालस्थित घर फर्किएका छन्। उनी भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका थिए ।
श्रीमतीसँगै उनी घर फर्केको जनाईएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
