नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा आज ३ महिला र ६ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये काठमाडौँमा एकै दिन छ जना छन् ।

Advertisement

आज मृत्यु भएकासँगै देशमा कुल दुई सय ५० पुरुष र ९५ महिलाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...