कुलमानको कार्यकाल सकियो, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्‍मा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङको कार्यकाल आज सकिदैँछ । उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ। सोही अनुसार आज कुलमानको कार्यकाल सकिन लागेको हो।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ। उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ।

ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिए।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ। मन्त्री पुनले सोही बमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पारेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अध्यक्ष दाहाल र मन्त्री पुन निकटका स्रोतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई दोहोर्‍याइने बताएका छन्।

More News last news
Loading...