काठमाडौँ । सरकारले नेपालमा कोरोना भाइरस परीक्षण (पीसीआर) को मूल्यदर घटाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको हो।
शुरुमा अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्ने गरेको थियो। शुरुमा सरकारले पीसीआर टेस्टको मूल्य ५ हजार रुपैयाँसम्म तोकेको थियो। दोस्रो पटक मूल्य समायोजन गरेर सरकारले ४५ सय रुपैयाँ कायम गरेको थियो।
तेस्रो पटकको मूल्य समायोजनमा सरकारले पीसीआर टेस्टको मूल्य आधा घटाएको हो।
अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ। ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।
पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
