नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।

Advertisement

आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन्।

पीसीआर ९ हजार १८५ जनाको भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।

More News last news
Loading...