गेडागुडीमा राजा भानेर चिनिने र मानिसहरुले अत्याधिक मनपराउने सब्जी हो राजमा। स्वदेश होस् या विदेश, बच्चा हुन् या बृद्ध सबको रोजाइमामा पर्छ राजमा।
राजमामा भरपुर मात्रामा स्वाद सहित विभिन्न पोषाक तत्वहरु जस्तै फाइबर,भिटामिन के, बी,म्याग्नेसियम र आइरन पाइन्छ। नेपाल लगायत इन्डिया र मेक्सिकन हरुले राजमा अत्यन्तै रुचाउने गर्दछन। हुनत मानिसले प्रायजसो स्वाद को कारणले मात्र राजमा खाने गर्दछन। तर यसका अनेकौ फाइदाहरु छन् जुन मानव शरीरका लागि निकै नै महत्वपुर्ण छन्।
राजमाका फाईदाहरु
-क्यालोरीको सहि मात्राः राजमामा पाइने क्यालोरी बच्चा देखि बृद्ध सबका लागि पर्याप्त हुने गर्दछ। मानिसले आफ्नो स्वाद बमोजिम यसको तरकारी, सलाद वा सुप बनाएर खान मिल्ने राजमा तौल नियन्त्रण गर्नका लागि पनि लाभदयाक हुन्छा।
-पाचनकृया: राजमामा अधिक मात्रामा फाइबर हुन्छ जसले पाचनकृयालाइ सहि सन्तुलीत राख्दछा। साथै यसले ब्लड सुगरको स्तर पनि नियंत्रण राख्न मदत गर्दछ।
-मस्तिष्कको लागि असरदार : राजमामा भरपुर मातत्राम भिटामिन के र बी पाइन्छ जुन दिमागको लागि फाइदाजनक हुने गर्दर्छ। यसले नर्वस सिस्टम लाई बुस्ट गर्नुका साथै मस्तिष्कलाइ पोषण दिने कार्य गर्दछ।
-कोलेस्ट्रोल को सहि स्तर : राजमामा भरपुर मात्रामा म्याग्नेसियम पाइन्छ जसले कोलेस्ट्रोल नियंत्रण गर्ने कार्य गर्दछ। साथै यसले मुटु संग सम्बन्धित रोगहरु संग पनि लड्न मदत गर्दछ।
-तागतको अद्भुत श्रोत : राजमामा भरपुर मात्रामा आइरन पाइने हुदा यसले शरीरलाई आवश्यक तागत दिने गर्दछ। शरीरको मेटाबोलिजम र उर्जाका लागि चाहिने आइरन राज्माको सेवनद्वारा पुरा गर्न सकिन्छ। साथै यसले शरीरमा अक्सिजनको सर्कुलेशन पनि बढाउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
