पहिरोका कारण सोलु–ओखलढुङ्गा सडकखण्ड अवरुद्ध

काठमाडौँ । सिन्धुपाल्चोकमा पहिरो खस्दा सोलु–ओखलढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ।

सोलुखुम्बुको सोलु–दूधकुण्ड नगरपालिका साल्मेमा गएराति पहिरो खसेकाले यो सडकखण्डमा अहिले ठप्प छ।

Advertisement

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङ र बाह्रबिसे नगरपालिका–९ जुरेमा भने एकतर्फी रुपमा गाडी चलिरहेका छन्।

यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...