काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भइरहेको लापरबाहीको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।
नेता पौडेलले अख्तियारमा भइरहेको लापरबाहीको छानबिन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी पौडेलले माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने र यस्ता कामकारबाही किन भइरहेका छन् भनि प्रश्न गरेका छन्। विभिन्न काण्डमा अर्बौंका भ्रष्टाचार चर्चामा रहे पनि अख्तियारले तदारूकताका साथ छानबिन गरी दोषीलाई कारबाही नगरेको आरोप पनि लगाए ।
यस्तो छ नेता पौडेलको प्रेस विज्ञप्ति

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
