कोदोदेखि मुलाको चानासम्म खरिद गर्दै धुर्कोट गाउँपालिका, मूल्य पनि तोकियो

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय खाद्यवस्तु खरिद गरेर बेच्ने भएको छ। गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटवलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ।

गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ। यसको लागि गाउँपालिकाले आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्‍याउन सूचना जारी गरेको छ।

Advertisement

तीन सय ८० रुपैयाँ किलो तितौरा 

गाउँपालिकाले तितौरा तीन सय ८० रुपैयाँ किलो, गुन्द्रुक चार सय रुपैयाँ किलो, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ किलोमा खरिद गर्ने भएको छ।

यस्तै मकै ४०, भटमास ७० र गहत ९० रुपैयाँमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।

यस्तो छ गाउँपालिकाको सूचना

More News last news
Loading...