काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो संख्या पछिल्लो २४ घण्टामा थपिएका मध्ये अहिलेसम्मकै उच्च हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।
२४ घण्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन्। २४ घण्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए। सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
