केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ।

गत भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको कारागार स्रोतले जनाएको छ ।

Advertisement

केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो। तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए।

More News last news
Loading...