काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिला र पाँच पुरुषको गरी थप ६ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृत्यु हुनेहरुमा पाँच जना वृद्धवृद्धा छन् । मृत्यु भएका मध्ये २ जना काठमाडौँ उपत्यकाका रहेका छन्।
मन्त्रालयका सोमबार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन्। यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
