सरकार, बजेट हुने खाने र सत्तामा पहुँच हुनेलाई मात्र हो ? : काँग्रेस नेतृ संग्रौला

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद् डा. डिला संग्रौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ११ अर्ब रुपैयाँ छुट्याए पनि विदेशबाट फर्केका कामदार रुँदै फेरी विदेश जानुपर्ने बिडम्बना किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।

मंगलबार सामाजिक संजाल फेसबुकमा सरकारलाई प्रश्न गर्दै काँग्रेसको छायाँ श्रममन्त्री समेत रहेकी नेतृ संग्रौलाले लेखेकी छिन्  “आफ्नो परिवारलाई पाल्न र आफू पालिनको निम्ति भोको पेट र परिवार संग बिछोडिदै दर्दका आँसु चुहाउदै पुनः युवा जगत कोरोनाको बड्दो संक्रमणको भुङ्रोमा हाम्फाल्न दिनहुँ हजारौंको संख्यामा भारत गै रहेको समाचारले कुन नेपालीको मन नरोएको होला। बजेटमा ठुल्ठुला कुरा गरियो, पास गरियो।”

Advertisement

नेतृ संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अरब ६० करोड रकम छुट्याइएर २ लाख रोजगारी दिने भनिए पनि कोरोनाको कहरकाबीच स्वदेश फर्किएका कोरोना प्रभावित पुनः रोजगारका लागि विदेश पस्नुपरेको बताएकी छन्।

'स्वदेशमा कृषिको रोजगारीमा रहेका किसानको पनि मलको हाहाकारले आफ्नो श्रम त्यसै खेर गै रहेको छ।खोइ त ति असाहाय पीडितका लागि ब्यबस्था फेंरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले कोसँग अपेक्षा गर्ने ? सरकारको बजेट केवल हुने खाने र सत्तामा पहुँच हुनेलाई मात्र पो रहेछ कि ?'

‘सीप विकास तालिम आदिमा १ अरब रकम बिनियोजन गरेको छ। युवा स्वरोजगार कोष, श्रम सूचना बैंक देखि सीप रुपान्तरण कार्यक्रममा ८ लाखलाई रोजगारी दिने भनियो बजेटमा। तर, कार्यान्वयन हुन नसकी भक्का निदै रुदै पुनः आफ्नो देश छोडेर नेपाली दाजुभाइ दिदिबहिनीहरु बिदेश जान बाध्य भएका छन्।’

‘स्वदेशमा कृषिको रोजगारीमा रहेका किसानको पनि मलको हाहाकारले आफ्नो श्रम त्यसै खेर गै रहेको छ। खोइ त ति असाहाय पीडितका लागि ब्यबस्था फेंरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले कोसँग अपेक्षा गर्ने ? सरकारको बजेट केवल हुने खाने र सत्तामा पहुँच हुनेलाई मात्र पो रहेछ कि ?’ डा. संग्रौलाले प्रतिप्रश्न गरेकी छन्।

More News last news
Loading...