राष्ट्रपतिको सञ्चार सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार सल्लाहकार टिका ढकाल नियुक्त भएका छन्।

पाँचथर निवासी ४५ वर्षीय ढकाललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त गरिएको हो।

Advertisement

यस अघि राष्ट्रपतिको सञ्चार पोखराका पत्रकार माधव शर्माले हेर्दै आएका थिए। शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिइसकेका छन्।

ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञका रुपमा चिनिन्छन्। उनले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

पाँचथर र काठमाडौंमा अध्यापनसमेत गराराउँदै आएका ढकालले सार्क विकास कोषसहित केही अन्तर्राष्ट्रिय संस्थामा काम समेत गरेका छन्।

More News last news
Loading...