युवती बलात्कारको आरोपमा गौशालाका एक प्रहरी पक्राउ

काठमाडौँ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दार्चुला घर भइ हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह रहेको स्रोतले जनाएको छ।

Advertisement

२१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले बताए।

प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ। जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ। तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन।

More News last news
Loading...