आज मात्रै कतारबाट १४१ जना नेपाली स्वदेश फिर्ता

काठमाडौँ । आज कतारबाट ३४ औँ उडानमार्फत १४१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कतारको दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत नेपाल फर्किएका हुन् ।

Advertisement

कोभिड १९ का कारण असहज परिस्थितिमा परेका र तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यहाँ समस्यामा परेका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका थिए।

तिनैमध्येबाट प्राथमिकताको आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ।

More News last news
Loading...