नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए।

 

More News last news
Loading...