वामदेवभन्दा म योग्य भन्दै तारा बरालले दिइन प्रधानमन्त्री कार्यालयमा निवेदन

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको दाबी गर्दै एक युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन्।

राष्ट्रियसभाको रिक्त एक सिटमा आफूलाई नियुक्त गरियोस् भनेर भरतपुर चितवनकी तारा बराल गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी हुन्।

Advertisement

आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर उनले राष्ट्रियसभाको रिक्त पदमा आफूलाई नियुक्त गर्न निवेदन दिएकी हुन्। साथै उनले आफूलाई उक्त पदमा नियुक्त नगरे सरकारले चित्तबुझ्दो जवाफ दिनु पर्ने र सरकारले जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने समेत चेतावनी दिएकी छिन्।

उनले मुलुकको प्रतिष्ठित संसदको रूपमा रहेको राष्ट्रिय सभा हार्नेहरूको आश्रयस्थल बन्न लागेकोले संसदको गरिमा जोगाउनको लागि आफूलाई सांसदको रूपमा मनोनयन गर्न माग गर्नुपरेको बताइन्।

नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्यको योग्यताको बारेमा उल्लेख गरेको छ ।

सो धाराले राषट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख छ । बरालले आफूसँग यो पाँचैवटा योग्यता पूरा भएको बताएकी छन् ।

More News last news
Loading...