नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको संख्या २८९ पुगेको जानकारी दिए।

Advertisement

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक-एक पुरुष र काठमाडौँका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट आइसोलेसनबाट डिस्चार्ज भएका छन्। योसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय नाघेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

More News last news
Loading...